कोमलले छाडिन् रेडियो नेपालको जागिर

फाल्गुन ६,काठमाडौँ— आजको समयमा जागिरको महत्व र अवश्यक्ता कति छ भन्ने कुुरा हामी सवै नेपालीलाई राम्ररी थाहा भएकै विषय हो। जागिरखानका लागि मानिसहरु दिनरात नभनी मेहनत गरिरहेकाछन । त्यसमाथिपनि सरकारी जागिरखान मानिसहरु तछाड मछाडनै गर्छन् तर चर्चित गयिका कोमल वलीले भने विगत २० वर्ष देखि काम गर्दै आएको नेपाल रेडियोको जागिर छाडेकी छिन्। उनले  मंगलबार राजीनामा पत्र बुुझाएको ईमेलखबरसँग बताइन् । कोमलले छाडिन् रेडियो नेपालको जागिरकोमल अहिले ‘राष्ट्रिय प्रजातन्त्र पार्टी’मा प्रवेश गरेर राष्ट्रिय राजनीतिमा आउने तयारीमा छिन् । केहि समय अगाडि, कोमललाई रेडियो नेपालको प्रशासनले स्पष्टिकरण समेत सोधेको थियो ।
कुनै, व्यक्तिले ‘हेल्लो सरकार’मा रेडियो नेपालमा काम गरिरहेको मानिसले राजनीति गर्न पाइन्छ भनेर ट्विट मार्फत प्रश्न गरेका थिए । त्यसपछि, संचार मन्त्रालयले रेडियो नेपालको प्रशासनसँग यसको जवाफ मागेको थियो । रेडियो नेपालको प्रशासनले कोमललाई स्पष्टिकरण सोधेको थियो ।
यस बिषयमा कोमलले भनिन्(‘हो, मैले रेडियो नेपालबाट राजीनामा दिएकी छु । अब, म राप्रपाको केन्द्रीय सदस्यको उम्मेदवारी दिदैछु । यसैले, राजनीतिमा पूरा समय दिने उद्देश्यले रेडियो नेपालको जागिर छाडेकी हुँ ।’
कोमल वलीले आफ्नो गायकी भने नछाड्ने बताएकी छिन् । उनी वि।सं २०५३ सालदेखि रेडियो नेपालमा समाचार बाचिकाको रुपमा कार्यरत थिइन् । भूकम्पको समयमा रेडियो नेपालमा दिनरात नभनी कोमलले जनतालाई सुसूचित गराउने काम गरेकी थिइन् । तर, राप्रपाको राजनीतिले कोमललाई रेडियो नेपालबाट राजीनामा दिन वाध्य बनाएको छ ।