को हुन ? एसएसपी धीरु बस्नेत

प्रकृति  दाहाल 

काठमाडौँ – नेपाल प्रहरीको समयानुकुल सागठनिक परिबर्तन बिकास,क्षमता अभिबृद्दि, अपराध नियन्त्रण, अनुसन्धान एबम रोकथाम क्षेत्रमा अग्रसररुपमा चिनिन्छ  एसएसपी धीरु बस्नेत। सृजनात्मक प्रभाबकारी कार्यशैलीको बिकाश एबम् कार्यान्बयनमा अतुलनिय नेतृत्बदायी भुमिका निर्बाह गर्दै अपराध अनुसन्धान नियन्त्रण एबम् पारस्पारिक सहयोग अभिबृद्दिको लागी अन्तराष्ट्रिय प्रहरी संगठनको अनुभब प्राप्त गरेका छन ।

dhiru-basnet-ssp
प्रहरी ब्यबस्थापन, अन्बेषण एबम योजनामा प्रखर तथा प्रहरी मानव शंसाधन बिकास , प्राप्त स्रोत साधनहरुलाई अधिकतम मात्रामा परिचालन बाटै सफल्ता हासिल गर्न सकिन्छ भन्ने हेतुले योग्यताले भरीपुर्ण सागठनिक रणनैतिक योजनाहरु निर्माण एबम कार्यान्बयन गर्न सफल नेपाल प्रहरीको हालको अफियरमा मानिन्छ । जन्तालाई सुरक्षा कसरी दिन सकिन्छ आफ्ना काम कसरी पुरा गरेरै छाडने हेर्दा कडा स्वाभाव दिखिने, तर व्यावाहरी हुने पिर मार्का गुनासा सुनेर तत्कालै कार्यान्यन समेत गरि मनजित्न सफल हुने गर्दछन आफ्नै कर्मचारिप्रति झुमिने उनीसगै कार्यरत कर्मचारी बताउछन । बिना कुनै अबरोध नेपाल प्रहरीलाइ आफ्नो कार्य गर्न दिने हो भने यो संगठनमा अबस्य नेपाल पुलिसको योजनाबद्धले सफल तुल्याउन सफल लिडर ठानिन्छ । नेपाल प्रहरीको केन्द्रीय योजना अन्वेषणमा रहेर कामगरेर पनि एकपछि अर्को सफल हुदै स्वछ पवित्र छविका पुलिस अफिसर मध्येमा पर्छन। साथै इन्टरपोल वसेर विभिन्न राष्ट्रका प्रहरीसँग सहकार्य समन्वयन अनुभव बटुलेका छन । तर उनी टेलिभिजनका समाचार लिष्टमा प्रचारबाजि हुन चाहदैन्न प्रचारबाजी होइन, काम गरेर देखाउने स्वभाव रहेका छन यसैले उहाँ जागिरको शीलाशीलामा जहाँ जहाँ पुग्नुहुन्छ त्यहाँ सुधारकालागी केही न केही कार्यक्रम सञ्चालन गर्न थालि हाल्नुहुन्छ । बस्तु निष्ठ अनुसन्धान, मानब अधिकारको सम्मान सिदान्तलाई अंगीकार गर्दै दण्डहिनताको अबस्थालाई न्युनिकरणको लागी हाल भेरी अचल प्रहरी कार्यालयमा नेपाल प्रहरीको अपराध अनुसन्धान र अभियोजन पक्षमा देखापरेका समस्या र चुनौतिहरुको पहिचान, मुद्दाहरुको अबस्था अपराधिक सुचनाहरु अनुसन्धानमा श्रोत साधन उत्कृष्ट तथा सृजनात्मक कार्यहरु र बिगतमा भेलाले गरेको निर्णयहरुको कार्यान्बयको स्तर र अपराध अनुसन्धानका भाबि कार्य योजना, बिभिन्न समयमा अपराध अनुसन्धान क्षेत्रमा गरिएका खोज अन्बेषणबाट खुल्न आएका भष्ट्राचार, सरोकार निकायहरु सित बिध्यमान समन्बयको स्तर र पेशागत आचरणका बारेमा बेला बेलामा अफ्ना कर्मचारीलाई प्रशिक्षण दिने गरेको पाइएको छ ।
हाल अचल प्रहरी कार्यालय भेरी, यो भन्दा अगाडी अपराध अनुसन्धान बिभाग, क्षेत्रिय प्रहरी तालिम केन्द्र दिपायल डोटि, त्यस्तै गरेर अन्बेषण योजना निर्देशनालय पुलिस हेड क्बाटर, कपिल बस्तु, चितबन जिल्ला प्रहरी कार्यालय, राष्टिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महराजगंन्ज, ईन्टरपोल, युएन मिसन ९यगोस्लाभिया, सेरालोयन०मा नेतृत्बदायि, कमाण्डको अनुभब बटुलेका ।अपराध र अपराधि तह लगाउन अपराध संजाल९ गुण्डागर्दी, तस्करी, सागठनिक अपराध, समेत तहस नहस पार्ने अनुभब र कसैको पर निर्भरतामा नपरि घाम पानिले टल्केको तिखारिएको स्बाभिमान ब्यक्तित्ब एबम् कुनै पनि चुनौतिपुर्ण,बिषम परिस्थितिमा समेत सफलरुपमा काम गर्न, संगठन हाक्न सक्ने क्षमताबान । दण्डहिनताको अबस्था न्यनिकरणको लागी छदम् भेषी अपराधि, फरार अपराधिहरुको पहिचान, खोजतलास एबम पक्राउ गर्न निडर, सक्षम नेतृत्वदाइ रहेकाछन
कसरी राम्रो गर्न सकिन्छ दत्त चित्तका साथ लागि पर्ने । कहिले पनि खराब सित सम्झौता नगर्ने, नझुक्ने बरु खराब सित सम्झौता गर्नु भन्दा स्थान र ठाउ नै परिबर्तन गर्ने स्बभाब । त्यसै कारणले तुलनात्मकरुपमा पोष्टिडको सख्या सेबा अबधिमा अरुको भन्दा दोब्बर रहेको । भोग प्यास भन्दा पनि बिचारमा अडिग रहने । प्रहरी संगठनको निर्माण र बिकाश तथा परिबर्तनलाई सदैब रुचाउने र परिबर्तनका लागी गरिएका प्रयासहरुमा देखिने कुनै पनि बाधा अबरोधलाई सहजै रुपमा लिई कुनै पनि दबाब आउदा खुशि नै मान्ने स्बभाबका प्रहरी कर्मचारी हुन।
“ कर्म गर फलको आसा नगर” भन्ने दिब्य उपदेशलाई आत्मा साथ राखि निरन्तररुप अगाडि बढिरहने तथा कहिले काहि अप्ठयारो पर्दा अन्तरआत्मा रहेको ब्रम्हले जे देख्छ र भन्छ सो अनुरुप हरेक कार्य गर्नै स्बाभिबान हुनुपर्छ भन्ने हेतुका छन ।
कामको फलको आशा कहिले पनि नराखी आफुलाई ब्यस्त राख्न केहि न केही सिके राख्ने । सदैब राम्रो कामको लागी भित्रै देखि उन्मुख भै ज्यादै खुशि साथ लागी रहना पाउदा आफुलाई भाग्यमानी ठान्ने र सम्मान गर्ने नगर्ने अरुको हातको कुरा रहेको हुदा पाउदा नपाउदा केही फरक नमान्ने स्बभाबका ठान्दछन ।