बढ्यो सांसदहरुको भत्ता

अन्जना सेवा 
मंसिर ५, काठमाडौं – व्यवस्थापिका–संसद्को आजको बैठकले ‘सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी विधेयक, २०७३’ लाई संशोधन सहित स्वीकृत गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले प्रस्तुत गरेको सो विधेयकलाई बहुमतले स्वीकृत गरेको हो ।

विधेयकमा परेका संशोधन प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री नायकले समयानुकूल रुपमा जनप्रतिनिधिलाई पारिश्रमिक तथा सुविधा दिनेसम्बन्धी व्यवस्था गरिएको बताउनुभयो । यो सँगै सांसदहरुले बढेको सुविधा साउनदेखिकै पाउनेछन् । सांसदहरुले अब एक दिनको बैठक भत्तावापत प्रतिसांसद १ हजार रुपैया पाउनेछन् । यसअघि दुईसय रुपैया थियो । यसैगरी सांसदहरुले घरभाडा बापत हरेक महिना लिदै आएको ६ हजार ५ सय रुपैयाबाट बढाएर १८ हजार रुपैया पु¥याइएको छ ।