‘भेट्रान्स’ टेबलटेनिसमा पाँच राष्ट्र सहभागी हुने

साउन २ , काठमाडौं – प्रथम दक्षिण एसियाली ‘भेट्रान्स’ टेबलटेनिस प्रतियोगितामा नेपालसहित पाँच राष्ट्रका ७२ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

यही साउन ८ गतेदेखि नेपालमै हुने प्रतियोगिताका लागि २४ घरेलु खेलाडीले सहभागी जनाउनेछन् । त्यस्तै भारत, माल्दिभ्स, बङ्गलादेश र पाकिस्तानबाट जम्मा ४८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

आठ स्पर्धा समावेश प्रतियोगितामा ४० र ५० वर्षमाथिको पुरुष÷महिला टोली तथा ४० र ५० वर्षमाथि पुरुष÷महिला एकल खेल हुने बताइएको छ । क्वार्टरफाइनलसम्मका खेल ‘वेस्ट अफ फाइभ’ तथा सेमिफाइनल र फाइनल ‘बेस्ट अफ सेभेन’ का आधारमा खेलाइनेछ ।

तीनदिने प्रतियोगिताका खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा हुनेछन् । प्रतियोगिता सञ्चालन गर्न २० निर्णायक खटिने आयोजक नेपाल भेट्रान्स टेबलटेनिस सङ्घले जनाएको छ ।