बिमा दलालले कमाउँछन् मासिक तीन लाख

असार ९ ,काठमाडौं – नेपालमा रहेका २६ वटा बिमा कम्पनीमार्फत एक लाखभन्दा बढीले इन्स्योरेस्न एजेन्टको लाइसेन्स लिएका छन्। तयसमध्ये पनि करिब ३० हजार एजेन्ट सक्रिय छन्। आफ्नो दक्षता र क्षमताअनुसार कमाइ गर्ने पनि छनु्।

सक्रिय रुपमा काम गर्ने सामान्य एजेन्टले पनि महिनाको १० हजार रुपैयाँ सजिलै कमाइ गर्न सक्छन्। तर, कम्पनीको पोलिसी कति कतिबेला परिवर्तन हुने थाहा नहुने कारण यही पेशालाई आधार बनाएर जीविकोपार्जन गर्न भने पछिल्लो समयमा समस्या हुन थालेको छ।

त्यस्तै, बिमा कम्पनी आफैंले तालिम दिएर एजेन्ट बनाउने काम गर्दा दक्ष जनशक्ति उत्पादन नभइरहेको अवस्था छ। त्यसैले एजेन्टको तालिम तथा लाइसेन्स दिने काम बिमा समितिल गर्नुपर्छ। कम्पनीले एजेन्टलाई प्रोडेक्ट बिक्री गरेका आधारमा विभिन्न सेवा तथा सुविधा उपलब्ध गराउँछन्। बिमा कम्पनीको एजेन्ट बन्न चाहनेल आफूसँग उपलब्ध जुनसुकै समय पनि सदुपयोग गर्न सक्छन्। त्यसैले अन्य पेशामा आवद्ध व्यक्तिले पनि सजिलै बिमा एजेन्टको काम गर्न सक्छन्। पब्लिक रिलेसन बढी हुने पेशा अपनाइएकाहरुका लागि बिमा अभिकर्ता बन्नु उपयुक्त छ।