माधव नेपाल डिस्चार्ज, धुलोवाट वच्न डाक्टरको सुझाव

जेठ ७, काठमाडौ– नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल विर अस्पतालवाट स्वास्थ्य लाभ गरि आज घर फर्किनुभएको छ । अचानक ज्वरो आएर जिउ दुखेपछि बैशाख ३१ गते उहा वीर अस्पतालमा भर्ना हुनुभएको थियो ।

उपचारमा संलग्न चिकित्सकहरुले डिस्चार्जका क्रममा धुलो, धुवाँ र रुघाखोकी लाग्न नदिन विशेष सर्तकता अपनाउन नेपाललाई सुझाव दिएका छन् ।
बिरामी परेपछि वीर अस्पतालमा भर्ना हुनुभएका वरिष्ठ नेता नेपाललाई न्यू आईसीयूमा राखेर उपचार गरिएको थियो । उहाको उपचारमा डा. एइन अन्सारीको नेतृत्वको चिकित्सकको टोली खटिएको थियो । घर फकिर्ने क्रममा नेता नेपालले देशकै जेठो वीर अस्पताललाई माया गर्न सबैलाई आग्रह गर्नुभयो । अस्पताल बसाइका क्रममा नेपालले पुरानो सरकारी अस्पताल वीरको स्तरोन्नति गर्ने विषयमा पनि छलफल गर्नुभएको थियो ।