कंगनालाई जन्मदिनको उपहार राष्ट्रिय पुरस्कार

एजेन्सी– बलिउड अभिनेत्री कंगना रनावतले आफ्नो २९ औँ जन्मदिनकै दिन सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड पाइन् ।

भारतको राष्ट्रिय अवार्डमा  उनले तनु वीडस मनु रिटन्सुका लागि सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी हुन् । उनले यो तेस्रो पटक जतेकी हुन्।

यस अवस्थामा राष्ट्रिय पुरस्कारको प्राप्तीलाई कंगनाले जन्मदिनको आजसम्मके सर्वित्कृष्ट उपहार भएको बताएकी छन्। कंगनाले भनिन्,ु यो मेरो जन्मदिनमा पाएको आजसम्मकै सबैभन्दा ठूलो उपहार हो। म रोमान्चित भएकी छु र आफेलाई सौभाग्यशाली ठान्दछु।ु

ुम धेरै रोमान्चित यस मानेमा भएकी छुकी मसँगै अमिताभ बच्चनलाई पनि सर्वश्रेष्ठ अभिनेताको पुरस्कार दिइयोु, उनले थपिन।

कंगनाले यसअघि ुफेसनु र ुक्वीनु फिल्मबाट पनि राष्ट्रिय पुरस्कार हात परेकी थिइन्।