झापामा सर्वाधिक राशिको भलिबल प्रतियोगिता, पहिलो हुनेलाई ३ लाख १५ हजार

चैत १७, भद्रपुर– मोफसलमा पहिलोपटक हुन लागेको सर्वाधिक पुरस्कार राशिको ‘तेस्रो राष्ट्रिय लिग पुरुष भलिबल प्रतियोगिता–२०७३’को सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ।

झापाको दुवागढी–६ धाइजनमोडमा आगामी २०७३ वैशाख २ गतेदेखि सुरु हुने प्रतियोगितामा आठ टिमले १५ खेल खेल्नेछन्।

प्रतियोगितामा पाँच विकास क्षेत्रमध्येबाट तीन टिम र नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा जाउलाखेल भलिबल क्लबका टिम रहने नेपाल भलिबल सङ्घका केन्द्रीय सदस्य लेखनाथ पराजुलीले जानकारी दिए।

पूर्वप्रधानमन्त्री एवम् एकीकृत नेकपा ९माओवादी०का अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्ने प्रतियोगिताका प्रथम हुनेलाई नगद तीन लाख १५ हजार रूपैंया, दोस्रो हुनेलाई नगद एक लाख ७५ हजार रुपैंया तथा तेस्रोलाई नगद एक लाख १० हजार रूपैं‍या, सिल्ड ट्रफि तथा प्रमाणपत्र र उत्कृष्ट खेलाडीलाई नगद २५ हजार रूपैंयासहित प्रमाणपत्रबाट पुरस्कृत गरिने व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण रिजालले जानकारी दिए।