बीउ भण्डारणगृह निर्माण

फागुन ३०, कंचनपुर –कंचनपुरको झलारी पिपलाडी नगरपालिका–३ जोनापुरमा करिब रु १३ लाखको लगानीमा बीउ भण्डारणगृह निर्माण गरिएको छ ।

कृषि विकास कार्यालय कञ्चनपुरमार्फत सहरी प्रवद्र्धन केन्द्रको रु चार लाख ७५ हजार र सूर्यज्योति कृषि सहकारी संस्थाको रु आठ लाखको लागतमा बीउ भण्डारणगृह निर्माण गरिएको हो ।

अनुदान रकमले बीउ भण्डारणगृह निर्माणकार्य पूरा नभएपछि सहकारीको सहयोगमा निर्माणकार्य पूरा गरिएको सहकारीका अध्यक्ष टीकुराम दहितले बताए ।

दश टन बीउ भण्डारण गर्न सक्ने क्षमता भएको भण्डारणगृह २० मिटर लम्बाइ र ३० मिटर चौडाइको रहेको छ ।

बीउ भण्डारणगृह निर्माण भएपछि बीज वृद्धि कार्यक्रमअन्तर्गत यहाँका कृषकले उत्पादन गर्दै आएको धान, गहुँ र मसुरो बालीको बीउ भण्डारण गर्न सहज हुनेभएको छ ।