जनकपुरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण हुने

फागुन ३०, जनकपुर– युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले प्राचीन सभ्यताको धरोहरका रुपमा रहेको मिथिला आज राजनीतिक अखडाको रुपमा विकसित भइरहेकोले यसको मौलिकता हराउँदै गएको बताएका छन्।

जनकपुर उपमहानगरपालिका–१४ रजौलमा निर्माण हुन लागेको श्रीराम जानकी रङ्गशालाको भौतिक पूर्वाधार सम्बन्धमा स्थलगत निरीक्षण गर्दै मन्त्री मण्डलले सो कुरा बताएका हुन्। जगत जननी सीता नभए रामको कुनै अस्तित्व नै नहुने उल्लेख गर्दै मन्त्री मण्डलले भने, ुहाम्रा पूर्वजले अर्जेको प्राचीन मिथिलालाई कालान्तरमा आएर मिथिलावासीले उपहास गरेकाले यसको अपेक्षित विकास हुन नसकेको हो।ु

खेलकुदको सम्बन्ध स्वास्थ्यसँग भएकाले यहाँ अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण हुनु जनकपुरवासीको लागि गौरवको विषय भएको बताउँदै मन्त्री मण्डलले रङ्गशाला निर्माण गर्ने आगामी आव २०७३र०७४मा बजेट विनियोजन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।