सिंहदरबार अगाडि नक्कली बमले चार घन्टा आतंक

फागुन १९, काठमाडौं– सिंहदरबारको दक्षिण गेटबाट हनुमानथान चोकतर्फको बाटोमा बम राखिएको हल्लाले मंगलबार चार घन्टा आतंक मच्चियो।
छेउछाउका कार्यालय तथा पसलसमेत बन्द गरिए। प्रहरीले चार घन्टा बाटो बन्द गराएर सेनाको डिस्पोजल टोली नै बोलायो।

तर, शंकास्पद वस्तु बम नभएर कसैले फालेको पानी फिल्टर गर्ने बिग्रिएको पम्प थियो। दिउँसो २ बजेपछि मात्रै बाटो खुलेको महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी प्रजित केसीले बताए।(नयाँ पत्रिका दैनिकबाट)