वीरगंजबाट इन्धन पनि भित्रियो

माघ २६, वीरगंज– वीरगंज रक्सैल नाका खुलेको चौथौ दिन सोमबार साँझदेखि सीमावर्ती रक्सौलस्थित इन्डियन आयल कर्पोरेसन आईओसीबाट इन्धन नेपाल भित्रन थालेको छ।
सीमा प्रहरी चौकी इनर्रवाका अनुसार साँझ ७ बजेदेखि इन्धन लोड गरिएका ट्यांकरहरु नेपाल छिर्न थालेका हुन्।
नेपाल आयल निगमको अमलेखगंजस्थित क्षेत्रीय कार्यालय प्रमुख भानुभक्त खनालका अनुसार रक्सैल डिपोले नाकाबन्दीपछि पहिलो पटक वीरगंज नाकाका लागि इन्धन भरेको हो । पहिलो दिन २४ वटा इन्धन लोड भएका ट्यांकर भित्रिएका छन्।(कान्तिपुर दैनिकबाट)