बयान फेर्ने युवतीलाई ३ महिना जेल

माघ २६, धादिङ – आफूमाथि बलात्कार भएको मुद्दा दिई प्रहरी अनुसन्धानपछि अदालतमा गएर बलात्कार नभएको बयान दिने युवतीलाई धादिङ जिल्ला अदालतले ३ महिना कैद र २ हजार जरिवाना गरेको छ ।

आपसमा मायाप्रति भइ घरजम गर्ने सल्लाहबमोजिम लामो समयदेखि उठबस गर्दै आएका जोडी मध्य मार्पाक ६ निमारचोक बस्ने शान्ति थापाले गत मंसिर २८ गते बेलुका सल्यानकोट ९ बस्ने २१ वर्षीय संगम भन्ने विनोद लायो मगरले मलाई कर९णी गरेको भनि गत पुस ४ गते जिल्ला प्रहरीमा उजुरी दर्ता गरेकी थिईन।

प्रहरीले आरोपी बिनादेलाई ४ गते नै पक्राउ गरि अनुसन्धानपश्चात गत पुस २० गते पुपक्र्षका लागि कारागार चलान गरेको थियो। बलात्कार मुद्दा दर्ता भएपनि केटा र केटी पक्षबीच आपसी सहमति भइ बलात्कार नभएको वयान दिई आरोपितलाई मुक्त गराउने र दुवैको विवाह गरिदिने सर्तमा शान्ति थापाले  अदालतमा वयान फेरेकी थिईन।(कान्तिपुर दैनिकबाट)