आउने भयो “बिरानो माया”

जेठ, काठमाडौं – श्री मिडिया सर्च एण्ड मुभि मेकर प्रा.लिको व्यानरमा निर्माण हुन लागेको चलचित्र विरोनो मायाको गत सोमबार विहान कमलादि स्थित गणेश मन्दिरमा शुभ मुहुर्त गरिएको छ । मिलन लामा र सावित्रि अधिकारीको संयुक्त निर्माणमा बन्न लागेको यस चलचित्रका लेखक निर्देशक माधव खरेल रहेका छन् । दिनेश डि.सि., श्रीदेव भट्टराई, नम्रता सापकोटा, रोहित रुम्बा, दिपसा बि.सि., बि.एस. लामिछाने (राजु बजाज), तिलक कट्टेल, सुरविर पण्डित नयन राज पान्डे लगायतका कलकारहरुको अभिनय रहेको विरानो मायाका क्रिएटिभ÷काष्टिङ् निर्देशक शान्तिप्रिय रहेका छन् ।
शुभ मुहुर्त कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले नरिवल फोरेका थिए भने महासचिव सन्दिप सापकोटाले क्यामेराको को स्विच अन गरि गरेका थिए । निर्देशक समाजका अध्यक्ष दिनेश डि.सि.ले मुहुर्त सटको निर्देशन गरेका थिए । जनकराज अधिकारीको छायांकन रहेको चलचित्र विरानो मायाको लागी चलचित्रका नायक श्रीदेव भट्टराई र नम्रता सापकोटाले डाइलग बोलेका थिए ।
यस चलचित्रमा अनिल विरहि र सरोज प्याकुरेलको संगीत, शंकर महर्जनको द्वन्द्व, रुपेश उप्रेतिको नृत्य निर्देशन रहेको यस चलचित्रमा प्रल्हाद खरेलले मुख्य सहायक निर्देशन गर्ने छन् । दिपक लिम्बु, माण्डवी त्रिपाठी, स्व. योगीता मोक्तान र टिना लामाको आवाज रहेको विरानो माया असारको पहिलो साताबाट फ्लोरमा जाने निर्देशक माधव खरेलले बताए । त्रिकोणात्मक प्रेम कथामा आधारीत यस चलचित्रको छायाँकन काठमाण्डौ वरपरका विभिन्न ठाउँ तथा पुर्वका झापा, इलाम लगायतका ठाउँहरुमा गरिने छ । कार्यक्रममा दिनेश डि.सि., शान्तिप्रिय लगायतले चलचित्रलाई शुभकामना दिएका थिए । बिरानो मायाले दर्शक र श्रोताको कस्तो माया पाउछ त्यो हेर्न भने केही समय कुर्नै पर्छ ।