कमजोर प्रतिद्वन्द्वी पाराग्वेले अर्जेन्टिनालार्इ बराबरीमा रोक्यो

जेठ ३२, काठमाडौं – कोपा अमेरिका फु्टबल अन्तर‌गत आइतबार बिहान भएको खेलमा उपाधि दावेदार अर्जेन्टिनालार्इ कमजोर प्रतिद्वन्द्वी पाराग्वेले बराबरीमा रोकेको छ । पहिलो हाफको शुरुवातमै दुर्इ गोल गरेको अर्जेन्टिनाले दोस्रो हाफमा त्यसलार्इ जोगाउन नसक्दा अंक बाँड्न बाध्य भएको हो ।

ग्रुप बी मा पाराग्वेविरुद्धको अर्जेन्टिनालार्इ खेलको २९ औं मिनेटमा लियोनेल मेस्सीको उत्कृष्ट पासमा सर्जियो अग्वेरोले गोल गरेका थिए । अग्रता लिएको सात मिनेटमै एन्जेल डि मारियालार्इ डि बक्सभित्र पाराग्वेका खेलाडीले लडाएपछि पाएको पेनाल्टीमा मेस्सीले गोल गर्दै खेललार्इ २-० को अवस्थामा पुर्याए ।

तर दोस्रो हाफमा अर्जेन्टिनाले अग्रता जोगाउन सकेन । खेलको ६० औं मिनेटमा नेल्सोन भाल्डेजले गोल गर्दै अर्जेन्टिनाको अग्रता छोट्याए । पहिलो हाफमा झैं आक्रमक खेल पस्कन चुकेको अर्जेन्टिनाले त्यसपछि खेलको ९० औं मिनेटमा अर्को गोल खान पुग्यो ।