आज विश्व क्षयरोग दिवस

चैत, १० काठमाडौं – ‘छुटेका १० हजार क्षयरोगका विरामी खोजौं, उपचार गरौं र निको पारौं’ भन्ने नाराका साथ नेपालमा पनि आज विश्व क्षयरोग दिवस विभिन्न चेतनामुलक कार्यक्रम गरि मनाईदैछ । नेपालमा रहेका क्षयरोगी मध्ये १० हजार उपचारका लागि अझै नआएकाले उनीहरुलाई उचारमा संलग्न गराउने योजनासहित यस वर्ष यो दिवस मनाइदैछ । नेपालमा क्षयरोग निको हुने दर सन्तोषजनक रहेको भएपनि अझै वार्षिकरुपमा करिब १० हजार क्षयरोगका विरामी उपचारमा आउन नसकेको नेपाल क्षयरोग निवारण केन्द्रले जनाएको छ । देशभर ४५ हजारभन्दा बढी क्षयरोगी रहेको, तर करिब ३५ हजार बिरामी मात्र भेटिएको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ । जर्मन वैज्ञानिक डा.रबर्ट कक्ले क्षयरोगको किटाणु ु (माइक्रोब्याक्टेरियम ट्युबरकुलोसिस) पत्ता लगाएको ठीक एक सय वर्षपछि अर्थात सन् १९९२ मार्च २४ देखि विश्व क्षयरोग दिवस मनाउन थालिएको हो । क्षयरोगको जिवाणु सन् १९९२ मार्च २४ पत्ता लागेकोको थियो ।