रेडबुल राष्ट्रिय लिग फुटबलमा आज आर्मी र झापा–११ भिड्दै

माघ १३,काठमाडौं-  रेडबुल राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्तर्गत् आज दिउँसो हुने खेलमा त्रिभुवन आर्मी क्लबले पूर्वान्चलको झापा–११ सँग खेल्नेछ । केही महिना अगाडि सम्पन्न एन्फा कपको उपाधि विजेता झापालाई जारी लिगमा बलियो टोली मानिएको अवस्थामा आर्मी क्लबले आज कडा चुनौती सामना गर्नुपर्ने अनुमान गरिएको छ ।

तर, भर्खरै सम्पन्न सिमरा गोल्डकपको उपाधि जितेर हौसिएको आर्मीविरुद्धको खेल झापाका लागि पनि कम चुनौतीपूर्ण भने हुने छैन ।लिगका सुरुआती दुई खेलमा साविक विजेता मनाङ–मस्र्याङ्दी र स्वभाविक दाबेदार थ्रीस्टार क्लबले विजयी सुरुआत गरेका छन् । तर, तेस्रो खेलमा अर्को दाबेदार टोली नेपाल पुलिस क्लव भने लुम्बिनीसँग स्तब्ध भएको छ ।दशरथ रंगशालामा सोमबार भएको खेलमा पुलिसलाई १–० ले हराउँदै रुपन्देहीको लुम्बिनी फुटबल क्लब जारी लिगमा जित हासिल गर्ने मोफसलको पहिलो टोली बनेको हो ।