कांग्रेसका सभासदलाइ गाउँ जान निर्देशन

माघ १३,काठमाडौं- नेपाली काँग्रेसका सभासद् मंगलबारदेखि गाउँगाउँ जाँदैछन् । संविधान निर्माण प्रक्रिया र त्यसमा आफ्नो पार्टीकाे भुमिकाबारे जानकारी दिन कांग्रेस सभासद् गाउँगाउँ जान लागेका हुन् ।

साेमबारको काँग्रेस संसदीय दलको बैठकले संविधानसभामा उत्पन्न पछिल्लो अवस्था, त्यसमा पार्टीकाे धारणा तथा अब संविधान निर्माणको प्रक्रियाबारे जानकारी गराउन गाउँगाउँमा जाने निर्णय गरेपछि सभासद्हरु आफ्नाे गाउँ मंगलबार नै जान लागेको कांग्रेसले जनाएको छ ।