माघ ८ मा संविधानको पहिलो मस्यौदा मात्रै आए भाग्य प्रचण्ड

पुस २३, काठमाडौँ – एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माघ ८ गतेभित्र संविधानको पहिलो मस्यौदामात्रै आएपनि भाग्य हुने बताएका छन् । सत्तासाझेदारले बहुमतको अडान रेटेर हामीलाई सोतेनी ब्यबहार गर्दै एक्ल्याउँदै जानुनै अहिलेको असहमतीको मुख्य कारण रहेको उनले आरोप लगाए ।

निर्धारित मितिभित्र संविधान बनाउन प्रमुख राजनीतिक दलका नेता र सभाध्यक्षलाई दबाब दिनेक्रममा ५० वर्ष मुनिका सभासदहरुको समूहको ज्ञापनपत्र बुझ्दै बुधबार प्रचण्डले यस्तो अभिव्यक्ति दिएका हुन । सभासदहरुको ज्ञापनपत्र बुझेपछि उनीहरुलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले भने, ‘हामी पनि माघ ८भित्रैमा संविधान ल्याउनुपर्छ भन्नेमा छौँ।’प्रमुख तीन दल र मधेसी मोर्चाबीच आज भएको छलफलमा विवाद चर्केपछि दलहरुबीच सहमति जुटाउन शीर्ष नेताहरुको बैठकमा एमालेका एक बरिष्ठ नेताले आफूलाई ‘साँच्चै माघ ८ भित्र संविधान बनाउने होरु’ भन्ने प्रश्न गरेको उल्लेख गर्दै उनले भने, ‘संविधान बन्नुपर्छ र विवादित विषयमा सहमति कायम गरी मस्यौदा बनाउन मात्रै सकेमा पनि त्यो घोषणा गरे बराबर हुन्छ।’