एक किलोमिटर रेल मार्ग बनाउन ३० देखि ८० करोड खर्च

पुष २१ , काठमाडौं – रेल मार्ग नेपालका लागी एउटा सपनाकै मार्ग हो । सवारी साधन र हवाई सेवाबाट महगोँ मुल्य तिर्न बाध्य जनतालाई यसले राहात दिने निश्चित छ । यसैबिच संसदको विकास समितिले नेपालमा रेल्वे सम्भाव्यताका बारेमा आज सरोकारवाला निकायहरुसंग छलफल थालेको छ । समितिले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिव, रेल विभागका महानिर्देशक, रेल्वेसंग सम्बन्धित विज्ञहरुसंग छलफल गरेको हो । विज्ञहरुले भने एक किलोमिटर रेल्वे निमार्णका लागि ३० देखि ८० करोड रुपैयाँसम्म खर्च हुने भन्दै खर्चको तयारी गरे नेपालमा विज्ञ र इन्जिनियरहरुको कमी नभएको बताएका थिए । अन्तर्राष्ट्रिय जगतमा द्रुत खालका थुप्रै रल्वेको विकास भईसकेको भन्दै पुरातन खालको रेल्वे संचालनमा ल्याउने कि अहिले विकास भएको भन्ने विषयमा छलफल भएको थियो ।