अर्को सैन्य अखडा बोको हराम नियन्त्रणमा

काठमाडौँ- विद्रोहीहरुले उत्तरपूर्वी नाइजेरियाको अन्तिम सरकारी उपस्थिति मानिएको बोगा शहरलाई कब्जामा लिएपछि त्यस क्षेत्रका एक सिनेटरले पछिल्ला घटनाक्रमबाट आफू निरास भएको प्रतिक्रिया दिएका छन्। सन् २०१३ मा सैनिकहरुको नरसंहार भएको बोगा शहर उत्तरी क्षेत्रको एउटामात्र स्थान हो, जहाँ सरकारको नियन्त्रण रहेको थियो।

सोही क्षेत्रमा नाइजेरिया, चाड र निजेरका सैनिकहरु रहेको अन्तर्राष्ट्रिय फौजहरुको अखडा थियो। हालै त्यहाँबाट अन्तर्राष्ट्रिय फौजहरुले बोको हराम विद्रोहीलाई धपाएका थिए। उनले विद्रोही हमला हुने बित्तिकै सरकारी सेनाहरुले आफ्नो अखडाहरु छोड्ने गरेको भन्दै उनीहरुतर्फ केही न केही समस्या भएको बताए। त्यस क्षेत्रबाट डुंगा चढेर छिमेकी चाड पुगेका स्थानीयबासीहरुले शहरमा आगो लगाईएको र कयौं मानिसहरु मारिएको बताए। सेनालाई पश्चिमा मुलुकहरुको विज्ञता र जासुसी सहयोग प्राप्त भएपनि उनीहरु बोको हरामको सामना गर्न असक्षम देखिएको हार्परको भनाई छ।बीबीसी