विकासका लागि ससभादहरुको सामुहिक प्रतिवद्धता

फागुन २८, डोटी – डोटीबाट प्रतिनिधीत्व गर्ने पाँच जना सभासदहरुले जिल्लाको विकासका लागि साझा मुद्धा बनाएर अघि बढ्ने सामुहिक प्रतिवद्धता गरेका छन् । नेपाल पत्रकार महासंघ डोटीले आज दिपायलमा गरेको पत्रकार सम्मेलनमा डोटीबाट निर्वाचित भएका सभासद विरबहादुर बलायर, गौरी ओली, भरतबहादुर खड्का, प्रेम आले मगर र कल्पना सोपले जिल्लाको समग्र विकासका लागि सामुहिक प्रतिवद्धता व्यक्त गरेका हुन । सभासदहरुले डोटी जिल्लाको समस्या राज्यसामु प्रस्तुत गरि समाधानका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । उनीहरुले निर्वाचन अघि गरेका प्रतिवद्धता पूरा नभए पदबाट राजिनामा दिने समेत बताएका छन । खप्तड क्षेत्र, खुटिया–विपीनगर–दिपायल दु्रत मार्ग, पश्चिम सेती परियोजना, डोटी विमानस्थल, क्षेत्रिय अस्पताल लगायतका क्षेत्रहरुको विकासका लागी ५ जना सभासदहरुले मिलेर काम गर्ने सामुहिक प्रतिबद्धता जनाएकोमा डोटीबासी खुसी भएका छन् ।