पप गायक विष्टको गितमा बन्यो बेल्जियमा म्युजिक भिडियो

पुष १८,काठमाडौँ -पप गायक ओम बिक्रम विष्टले झण्डै १२ वर्ष अगाडि गाएको आवाज देऊ बोलको  सुपरहिट गितको म्युजिक भिडियो निर्माण गरिएको छ । बेल्जियममा छायांकन गरिएको म्युजिक भिडियोको निर्देशन उज्जवल केसीले गरेका हुन् । म्युजिक भिडियोमा योगिता थापा, गौरव पौडेल, राजेन्द्र लम्साल, तेजेन्द्र कंडेल र बक्पा ब्लेसिङको अभिनय रहेको छ । महराज थापाको शब्द र संगित रहेको गितको म्युजिक भिडियोको छायांकन बेल्जियमका विभिन्न स्थानमा गरिएको छ । सोमबार रिलिज गरिएको म्युजिक भिडियोको छायांकनका लागि अमेरिकामा बस्दै आएका विष्ट केही अगाडि बेल्जियम पुगेका थिए । म्युजिक भिडियोमा बिष्टलाई समेत देख्न सकिन्छ ।म्युजिक भिडियोमा कलाकार योगिता थापाको प्रस्तुती आकर्षक रहेको छ । योगिताले यसअगाडि दिब्यज्योतिले गाएको नजर बोलको गितको म्युजिक भिडियोमा समेत अभिनय गरेकी थिइन् । आफूलाई अहिले अन्य म्युजिक भिडियो र चलचित्रमा खेल्न समेत अफर आइरहेको योगिताले बताइन् ।