गृह जिल्ला पुगेर गृहमन्त्रीले भने ‘संविधान तयार छ, जारी गर्न मात्र बाँकी’

पुष १८, बर्दिया -उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमले नयाँ संविधान लेखीसकीएको तर जारी गर्न मात्र बाँकी रहेको बताएका छन् । शुक्रबार गृह जिल्ला पुगेका मन्त्री गौतमले जिल्ला प्रहरी कार्यालयको नवर्निमित भवन उद्घाटन गर्दै ‘अब संविधान जारी गर्न मात्र बाँकी’ रहेको उद्घोष गरेका हुन् ।

संविधान लेखनका सबै प्रक्रिया टुंगिए पनि केही विबादित विषयका कारण अहिले देखिइरहेको अलमल बाहिर आएको उनको तर्क छ । उनले संविधानका विवादित ४ ओटा अन्र्तवस्तुपछि टुंगो लगाउने गरी संविधान जारी गर्न नेकपा एमाले र नेपाली कांग्रेसले कम्मर कसिसकेको पनि बताउन छोडेनन् । सहमती नभए पनि बहुमतका आधारमा पनि संविधान जारी हुने उनले बताए ।