हात्ती दौडमा ३ वटा हात्ती फाईनलमा

पुष १३,चितवन-चितवनको सौराहामा जारी हात्ती महोत्सव अन्र्तगत हात्ती दौड प्रतियोगितामा ३ वटा हात्ती फाईनलमा प्रवेश गरेका छन् । समुह ए बाट एक विदेशीसहित ३ वटा हात्ती फाईनलमा प्रवेश गरेका हुन् । समुह एमा ६ वटा हात्तीबीच प्रतिस्पर्धा भएकोमा व्लु प्लानेट जर्मनको एकताकली प्रथम हुदै फाईनलमा प्रवेश गरेको छ । त्यस्तै सिने म्याक्स ट्राभलको जानकीकली दोश्रो तथा पोखरा अल्ट्रा लाईटको मारुतीकली तेश्रो हुदै उपाधी भिडन्त पक्का गरेका हुन् । भोली हुने समुह वि को दौडबाट ६ वटा मध्ये ३ वटा हात्ती फाईनलमा प्रवेश गर्नेछन् । महोत्सव अन्र्तगत आज भएको छावाहरुको फुटवलमा प्रभु वैंक विजयी भएको छ । प्रभु वैंकले सिजी फुड्सलाई ४–३ गोल अन्तरले पराजीत गरेको हो । आजको सबैभन्दा आकर्षणको रुपमा हेरिएको हात्तीहरुको सुन्दरी प्रतियोगितामा तीन वटा हात्ती फाईलनमा प्रवेश गरेको छ ।