सिके राउत फेरी पक्राउ

पुष १३,काठमाडौँ -राष्टियताका विषयमा विबादास्पद  प्रतिक्रिया दिएका सि के राउत महोत्तरीबाट फेरी पक्राउ परेका परेका छन । धनुषाको जनकपुरबाट जलेश्वरमा सभा गर्नको लागि आउने क्रममा राउतलाई आज पक्राउ गरिएको हो ।  राउत पक्राउ परेको खवर पाएपछि महोत्तरीको जलेश्वर तथा धनुषाको रामानन्द चौकमा स्थानिय नागरिक समाज एवं मानवअधिकारबादीहरु विरोध प्रर्दशनमा उत्रेका थियो । उक्त प्रर्दशनको क्रममा प्रहरी र स्थानियबीच झडप हुँदा कम्तीमा ७ जना घाईते भएका छन । यसभन्दा अगाडि स्थानिय प्रहरीले सदरमुकाम जलेश्वरमा आमसभा गर्नका लागि रोक लगाएको थियो । तराईलाई नेपालबाट अलग गर्नुपर्छ विवादास्द अभिव्यक्ति दिएलगतै राउतलाई प्रहरीले निगरानीमा राख्दै आएका थिए ।