धापखर्कका १३ घरमा पानीको अभाव

जेठ २६, भोजपुर – भोजपुर नगरपालिका–५ र १० धापखर्कका २२ स्थानीय घरले खानेपानीको सुविधा प्राप्त गरेका छन् ।
धापखर्कमा कूल ३५ घर छन् । अझै १३ घरका परिवारले पिउने पानी प्राप्त गर्न सकेका छैनन् ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरको करिब रु २५ लाख लागतमा २२ घरलाई पानी वितरण गरिएको खाने पानी निर्माण उपभोक्ता समितिका सचिव लाक्पा शेर्पाले बताए ।
खानेपानी आयोजनाले धापखर्क आधारभूत विद्यालयमा समेत पानी उपलव्ध गराएको छ ।
आर्थिक वर्ष २०८०र८१ मा सुरु गरिएको यो आयोजना पूर्ण रूपमा सम्पन्न भएपछि धापखर्क क्षेत्रका सबै घरपरिवारमा सुरक्षित, स्वच्छ र नियमित खानेपानी पहुँच सुनिश्चित हुने स्थानीयको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *