जेठ २५, अर्घाखाँची – राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीको जिल्ला सभापति पदमा सीता पराजुली निर्वाचित भएका छन् ।
सन्धिखर्कमा भएको जिल्ला अधिवेशनले पराजुलीको सभापतित्वमा नयाँ कार्य समितिको निर्वाचित गरेको हो । निकटतम प्रतिद्वन्द्वी दिनेश सुनारलाई १३ मतले पछि पार्दै उनी विजयी भएका हुन् ।
