रास्वपा लमजुङको अध्यक्षमा पुन:  सापकोटा

जेठ २५, लमजुङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लमजुङको अध्यक्षमा पुनः अशोक सापकोटा निर्वाचित भएका छन् ।
आइतबार भएको निर्वाचनमा पाँच जना उम्मेदवारबीच प्रतिस्पर्धा भएकामा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि सबैभन्दा बढी मत प्राप्त गर्ने सापकोटा र भोलानाथ शर्माबीच प्रतिस्पर्धा गराइएको थियो । निर्वाचन प्रमुख अनिशा अधिकारीका अनुसार दुई उम्मेदवारमध्ये शर्माले उम्मेदवारी झिकेपछि आज सापकोटा पुनः निर्वाचित भएका हुन् ।
निर्वाचन समितिका अनुसार उपसभापतिमा सन्तोषी गौली, सचिवमा मीना खड्का र सहसचिवमा गोविन्दबहादुर घलेले ६६ निर्वाचित भएका छन् । सदस्यमा सविता अधिकारी बराल, सुरेन्द्रलाल श्रेष्ठ, सिंहबहादुर घले र श्याम गुरुङ निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *