बफेट बर्ष २०१४ का सर्वाधिक दानी व्यक्ति

काठमाडौँ-बफेट २०१४ का सबैभन्दा दानी व्यक्ति अरबपति लगानीकर्ता वारेन बफेटले यो बर्ष परोपकारका लागी सबैभन्दा धेरै २।१ अरब डलरको योगदान दिएका छन । उनले आफ्नो कम्पनी बर्कशर हेथवे को १।६६ करोड शेयरका रूपमा यो दान गरेका हुन । उनले यो दान बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेशनलाइ दिएका हुन ।

वैश्विक सम्पत्तिको अनुमान गर्ने कम्पनी वेल्थ(एक्सका अनुसार, बफेट सन २०१४ मा १० सबैभन्दा धेरै दान गर्ने मानिसहरूको सूचीमा सबैभन्दा शीर्ष स्थानमा रहेका छन । गोप्रोका फाउण्डर, सीईओ र चेयरम्यान निकोलस वुडम्यान यस लिस्टमा दोश्रो स्थानमा रहेका छन । उनले आफ्नी पत्नीका साथ मिलेर सिलिकन भ्याली कम्यूनिटी फाउण्डेशनलाइ ४९।७५ करोड डलर दान गरेका थिए । सन २०१४ का १० सबैभन्दा ठुला दानीहरू मध्ये यस सूचीमा ८ जना अमेरिकाका छन ।

हङकङ रीयल एस्टेटका मालिक रोनी र जेराल्ड चान मात्र यस्ता गैर(अमेरिकी रहेका थिए, जसले यस सूचीमा स्थान बनाएका छन । रोनी र जेराल्ड चानलाइ यस सूचीमा तेश्रो र चौथो स्थान प्राप्त भएको छ । यी अरबपति भाइहरूले हार्वर्ड यूनिभर्सिटीलाइ ३५ करोड डलरको सौगात दिएका छन, जुन यस संस्थाका लागी ऐतिहासिक योगदान हो ।