कांग्रेस सभापति थापाद्वारा राजीनामा

चैत ५,काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजीनामा दिएका छन् । उनले बुधबार पदबाट राजीनामा दिनुभएको पार्टी कार्यालयले जनाएको छ ।

गत माघ १ गते सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट उनी सभापतिमा सर्वसम्मत निर्वाचित भएका थिए।

यसैबीच, कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक भोलि शुक्रबारका निम्ति आह्वान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *