फागुन १७, एजेन्सी – इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई मारिएको इरानी मिडियाले पुष्टि गरेको छन् ।
उनी अमेरिका र इजरायलले संयुक्तरुपमा गरेको हवाइ आक्रमणमा मारिएका हुन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि खामेनेई मारिएको उल्लेख गरेका थिए ।
त्यस्तै उनकी छोरी, ज्वाइ र नाती समेत मारिएको इरानी मिडियाले उल्लेख गरेका छन् । खामेनेई मारिएको शोकमा ४० दिने राष्ट्रिय शोकको घोषणा समेत गरिएको छ ।
इरानको सेना रिभुलसनरी गार्ड निकट समाचार संस्था ‘दी फार्स एजेन्सी’का अनुसार उनको निधन भएको शोकमा ४० दिनको शोक घोषणा गरिएको छ ।त्यस्तै ७ दिनको सार्वजनिक विदा समेत घोषणा गरिएको बताइएको छ।
