एनपिएलः आज विराटनगर र चितवनबीच प्रतिस्पर्धा हुँदै

मंसिर १०, काठमाडौं  – नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज अपराह्न ४ः०० बजे त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा विराटनगर किङ्ग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर तीन खेल जितेर अङ्कतालिकाको दोस्रो स्थानमा छभने कुशल मल्ल नेतृत्वको चितवन राइनोज दुई अङ्कका साथ अङ्कतालिकाको चौथो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published.