अक्षकुमारको चलचित्र‘बेबी’को ट्रेलर सार्वजनिक

काठमाडौँ-केहि महिना अगाडी नेपालमा छायांकन भएको बलिउड चलचित्र ‘बेबी’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा नेपालका दृश्य पनि देखाईएको छ । ‘बेबी’को छायांकनका लागी बलिउडका चर्चित अभिनेता अक्षय कुमार पनि नेपाल आएका थिए ।

चलचित्र ‘बेबी’को सार्वजनिक ट्रेलर निकै धमकेदार देखिएको छ । सार्वजनिक ट्रेलरको एक दृश्यमा अक्षयसँगै नेपाली चलचित्रका निर्देशक रामराजा दाहाल पनि देखिएका छन् । निरज पाण्डेको निर्देशन गरेको चलचि बेबीमा अक्षय कुमार एक देशभक्ति सिपाहीको भूमिकामा देखिएका छन् । नेपालको भक्तपुर, पाटन, हायात होटल र ठमेलमा समेत छायांकन गरिएको यो चलचित्र जनवरी २३ मा प्रदर्शन हुँदैछ ।