जितिया पर्वको व्रत समापन

भदौ ३०, काठमाडौ -महिलाहरुले आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित मनाउने जितिया पर्वअन्तर्गतको निराहार व्रत आज समापन भएको छ ।

यो पर्वमा महिलाहरुले तीन दिन विधिपूर्वक अनुष्ठान सम्पन्न गर्छन् । यस वर्षको जितिया पर्वअन्तर्गत शनिबार राति ‘ओगटन’ ९दर० खाएर महिलाहरुले व्रत सुरु गरेका थिए । त्यसपछि आइतबार पानीसमेत नखाई निराहार व्रत बसेका महिलाहरुले आज बिहान नुहाइधुवाइ गरी व्रत समापन गरे।

व्रतको दोस्रो दिन महिलाहरुले जितमाहा अर्थात् धर्मवीर पुत्र जितुवाहनको कथावाचन तथा पूजा–अर्चना गरी सन्तानको दीर्घायुको कामना गरेका थिए । पर्वको अन्तिम दिन विधिपूर्वक फलाहार वा अन्नग्रहण गरी व्रत समापन गरिन्छ । विशेषगरी मिथिला क्षेत्र, तराई मधेसका जिल्ला, काठमाडौँलगायत सहरमा रहेका मैथिल समुदायले यो पर्व भव्य रूपमा मनाइन्छ । जितिया कठोर व्रतमध्ये एक हो । महिलाहरु सन्तानप्रति मातृभाव र समर्पण प्रदर्शन गर्दै एक दिन–एक रात निराहार उपवास गर्छन् । धार्मिक विश्वासअनुसार यस व्रतले सन्तानको आयु लम्ब्याउने, स्वास्थ्य राम्रो बनाउने र सङ्कटबाट जोगाउने विश्वास गरिन्छ ।

Leave a Reply

Your email address will not be published.