भदौ ४, काठमाडौ – एनआई सी एशिया लघुवित्तले प्रगति समिक्षा र रणनितिक योजना बैठक सम्पन्न गरेको छ । सोमबार र मंगलबार २ दिनचलेको बैठकमा अनुगमन अधिकृत र कर्जा असुली अधिकृतहरुको सीप, क्षमता अभिबृद्धिका लागि तालिम पनि प्रदान गरिएको थियो । संस्थाको वार्षिक कार्यक्रम अनुसार सञ्चालित बैठकमा सातै प्रदेशका प्रमुख, ३१ अनुगमन अधिकृत, ९ कर्जा असुली अधिकृत लगायतका ४७ कर्मचारीले तालिम प्राप्त गरेका छन् ।
काठमाडौंमा सञ्चालन गरिएका ेकार्यक्रममा संस्थाका सञ्चालक समिति अध्यक्ष प्रकाश राज शर्माले देश विदेशमा सञ्चालनमा रहेका लघुवित्त संस्थाहरुले गरेका राम्रा अभ्यास, लघुवित्त क्षेत्रमा आइ परेका समस्याहरु र कर्जा गुणस्तर कायम गर्न चाल्नु पर्ने असुली रणनीति बारे जानकारी प्रदान गरेका थिए भने सञ्चालक सदस्य बलराम पौडेलले शाखामा प्रभावकारी अनुगमन गर्न चाल्न पर्ने कदम तथा तौर तरिका, सिद्धान्त आदिका बारेमा उदाहरणहरु दिई कर्मचारीहरुलाई उत्प्रेरित गरेका थिए ।