सहयात्री दलहरुले माहाभारतको युद्ध रच्दै छन्

कात्तिक १९, काठमाडौँ-संबैधानिक राजनीतिक सम्बाद तथा सहमती समितिका सभापति डा बाबुराम भट्टराइले देशको राष्ट्रिय स्वाधिनता र अखण्डता नै गंभिर संकटमा परेको बताएका छन् । लामो समयदेखि संविधानका मुख्य विबादित विषयमा गहन छलफल गरेर सहमती गर्न लागी परेका समिती सभापति भट्राईले शीर्ष दलको आपसी खिचातानीका कारण समयमा संविधान जारी हुन नसक्दा मुलक नै सङ्कटमा परेको प्रतिक्रिया दिएका हुन् ।

डा भट्राइले १२ बुँदे समझदारीका सहयात्री दलहरु माहाभारतको युद्धको अवस्थामा पुगेको उल्लेख गरेका छन् ।  जसका कारण कसैको हित नहुने पनि उनले बताएका छन् । उनले बुधबार फेसबुक मार्फत स्टाटस सार्वजनिक गर्दै उनले ३ दिन समितीको बैठक जारी राखेका भट्राइले आफ्नो भुमिकालाई महाभारतको भिष्मको भुमिकासँग तुलना गरेका छन् ।  सत्ता  र प्रतिपक्ष बिच प्रदेशका विषयमा कुरा नमिल्दा अनिश्चित बनेको समिती बैठकले हालसम्म सहमती जुटाउन तथा प्रश्नाबली बनाउन समेत असर्मथ बनेको  छ ।