अख्तियालले क्षेत्रअधिकार नाघेको छैन : कार्की

कात्तिक १९, काठमाडौँ -काठमाडौं९अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीले अख्तियार विकास बिरोधी नभएको बताएका छन्। संसदको अर्थ समितिको बुधबार बिहान बसेको बैठकमा प्रमुख कार्कीले अख्तियार कसैलाई कारवाही गर्ने निकायसमेत नभएको बताए। ‘हामीलाई सरकारको काम गर्ने इच्छा पनि छैन,’ प्रमुख कार्कीले भने , ‘ क्षेत्रअधिकारका सम्बन्धमा हामी सचेत छौं।’ अख्तियारले कुनै नियम र क्षेत्रअधिकार ननाघेकोसमेत उनले दाबी गरे। सभासदहरुले अनियमितता भएको क्षेत्रमा आयोगले चासो राख्नु स्वभाविक भएको तर चासो राख्नु नपर्ने विषयमा समेत हस्तक्षेप गरेको ठहर गर्दै के कसो भएको हो भन्नेबारेमा जानकारी दिन माग गरेका थिए। सो मागअनुसार प्रमुख आयुक्त कार्कीसँग समितिले छलफल गरेको हो।