आज नेपाल र बहराइन भिड्दै

चैत ८, काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत आज नेपालले बहराइनसँग खेल्दैछ। नेपालले विश्वकप छनोटअन्तर्गत एसियाको दोस्रो चरणको छनोट खेल्न लागेको हो। खेल आज राति बहराइनको राष्ट्रिय स्टेडियममा आज राति १२- ४५ बजे सुरु हुनेछ।

यो खेल नेपालमै हुने तालिका थियो। तर, एकमात्र अन्तर्राष्ट्रिय दशरथ रंगशालाको मैदान खराब भएपछि एसियाली फुटबल महासंघले खेल सञ्चालन हुन नसक्ने निर्णय गरेपछि बहराइनमा हुने भएको हो।

नेपालले बिहीबार पहिलो खेल खेलेपछि मंगलबार बहराइनमै दोस्रो खेल खेल्नेछ। समूह ‘एच’मा रहेको नेपालले सुरुवाती दुई खेल गुमाइसकेको छ। नेपाल पहिलो खेलमा युएईसँग ४ ० गोल र दोस्रो खेलमा यमनसँग २-० गोलले पराजित भएको थियो। नेपाल पहिलो चरणमा लाओसलाई पराजित गर्दै दोस्रो चरणमा पुगेको थियो।

चार टिममध्ये शीर्ष दुई टिम एसिया कपमा छनोट हुनेछन् भने दुई टिम विश्वकपको तेस्रो चरणका लागि छानिनेछन्।