उत्कृष्ट फिल्मको अवार्ड बुलाकी लाई

 

चैत ८, काठमाडौं – (निफ) मा फिल्म ‘बुलाकी’ले उत्कृष्ट फिचर फिल्मको अवार्ड जितेको छ । सोमबार सम्पन्न सातौं नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा फिल्मले अवार्ड हात पारेको हो । निर्देशकतर्फ सोहि फिल्मबाट लक्ष्मण सुनार उत्कृष्ट घोषित हुँदा अभिनेत्रीमा पनि ‘बुलाकी’बाटै सुरक्षा पन्तले अवार्ड जितिन् ।

यसै गरी अभिनेता विपिन कार्कीले फिल्म ‘एक भागवत एक गीता’बाट उत्कृष्ट अभिनेताको अवार्ड हात पारे भने उत्कृष्ट पटकथाको अवार्ड ‘डेसान’बाट कमल एक्चै मगरले प्राप्त गरे । ‘एक भागवत एक गीता’बाट राजेश श्रेष्ठ र संकल्प भुजेलले उत्कृष्ट सिनेमाटोग्राफरको अवार्ड पाउँदा फिचर फिल्मतर्फ अडियन्स च्वाइस अवार्ड ‘पखेटा’ले प्राप्त गर्यो ।

उत्कृष्ट राष्ट्रिय लघु फिल्मको अवार्ड ‘एट एनोदर विन्टर’ले जित्न सफल हुँदा ऐके शेर्पा उत्कृष्ट डकुमेन्ट्रीतर्फ जर्ना’बाट इनुमा राईले अवार्ड उचालिन् । राष्ट्रिय लघु फिल्म र डकुमेन्ट्रीतर्फको अडियन्स च्वाइस अवार्ड भने ‘अर्केस्ट्रा’बाट निर्देशक सफल पाण्डेले जित्न सफल भए । ५ दिनसम्म काठमाडौंमा चलेको महोत्सवमा ४० देशका ८८ फिचर फिल्म र सर्ट फिल्म तथा वृत्तचित्र देखाइएको थियो ।