चलचित्र महाजात्राको ट्रेलर सार्वजनिक

काठमाडौ – चलचित्र महाजात्रा को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा पैसाले उत्पन्न गराउने परिस्थितिलाई देखाइएको छ ।ट्रेलरमा अभिनेता हरिवंश आचार्य नेताको शैलीमा चित्रित छन् ।

जात्रा’ फ्रेन्चाइजको अघिल्ला दुई श्रृंखला पैसा र सुनमा केन्द्रित भएर बनेका थिए । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्ममा राजाराम पौडेल, वर्षा राउत, दिव्यदेव, शिशिर वाङ्गदेल, प्रकाश घिमिरे आदिको पनि अभिनय छ ।

आगामी चैत ९ गतेदेखि प्रदर्शन हुन लागेको फिल्मको कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् भने म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्मातामा छन् । फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन रहेको छ ।