भजन शिरोमणिको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने

फागुन १५ काठमाडौं – वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज मंगलवार बिहान सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा राखिने भएको छ । स्वर्गीय आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजेदेखि परिसरमा राखेर आजै दिउँसो दाहसंस्कारका लागि ११ बजे पशुपति लैजाने तयारी छ ।

पिता बलभद्र र मात रेनुकाको कोखबाट जन्मिएका भजन शिरोमणीको रुपमा प्रसिद्ध ८२ वर्षीय संगीतकार आचार्यको सोमबार  निधन भएको थियो ।