टी २० शृङ्खला आज नेपाल र नामिबिया भिड्दै

फागुन १५, काठमाडौं – त्रिदेशीय टी २० क्रिकेट शृङ्खलामा आज नेपालले नामिबियासँग खेल्दै छ ।

शृङ्खलामा नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ११स्३० बजेदेखि सुरु हुनेछ । नेपालले यसै वर्षको जुनमा हुने टी(२० विश्वकपको तयारीका लागि घरेलु मैदानमा आईसीसी क्रिकेट विश्वकप लिग २ को खेलका लागि सहभागी टिमसँग शृङ्खला आयोजना गरेको हो ।

शृङ्खलाका लागि नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले रोहितकुमार पौडेलको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरिसकेका छन् ।

आजको खेलपछि नेपालले फागुन १६ गते नेदरल्यान्ड्ससँग खेल्नेछ । यस्तै, नेपालले फागुन १८ गते पुनः नामिबिया र १९ गते नेदरल्यान्ड्ससँग खेल्नेछ । शृङ्खलाको लिग चरणबाट शीर्ष दुई टोली उपाधिका लागि फाइनलमा भिड्नेछन् । फाइनल खेल फागुन २२ गते हुनेछ ।