भलेन्सियासँग बराबरीमा रोकियो बार्सिलोना

पुष् १, एजेन्सी – स्पेनिस ला(लिगा अन्तर्गत बार्सिलोना बराबरीमा रोकिएको छ। गएराती सम्पन्न खेलमा बार्सिलोना भलेन्सियासँग ११ गोलको बराबरीमा रोकिएको हो।

बार्सिलोनाका लागो जोआओ फेलिक्सले खेलको ५५औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि खेलको ७०औँ मिनेटमा भलेन्सियाका हुगो गुइलामोनले गोल गर्दै खेल बराबरी गरेका थिए।

यो बराबरीपछि बार्सिलोनाको १७ खेलमा ३५ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ। त्यसैगरी भलेन्सियाको भने १७ खेलमा २० अंक भएको छ र लिगमा १०औँ स्थानमा रहेको छ।