सत्य स्वरूपको ‘माया र पागलपन’सार्वजनिक

पु्ष १, काठमाडौं – गायकद्वय सत्यराज आचार्य र स्वरूपराज आचार्यले आफूहरूले गाएको एक एक गीत सार्वजनिक गरेका छन् ।

गायक सत्यराज आचार्यले स्वर दिएको पागलपन बोलको गीतमा गायिका अञ्जु पन्तले स्वर दिएकी छन् भने अर्को गीत मायामा स्वरूपराज आचार्य र अनु चौधरीले स्वर दिएका छन् ।

सार्वजनिक दुई गीतमा पदम लोहारले शब्द रचनाका अलवा अभिनय पनि गरेका छन् । सार्वजनिक दुई मध्ये ‘माया’ बोलको गीतमा अभिनेत्री पूजा शर्मा र अर्को गीत ‘पागलपन’मा अभिनेत्री शिल्पा मास्केले पनि अभिनय गरेका छन् ।