सिटी एक्सप्रेसलाई राष्ट्रिय अपाङ्गकोषद्धारा सम्मान प्रदान

मंसिर १८, काठमाडौं – ३२ औं अन्तराष्ट्रिय दिवसको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफर राष्ट्रिय अपाङ्ग कोषद्वारा सम्मानित भएको छ । शहरी बिकास मन्त्री सिता गुरुङद्वारा एक्सप्रेसले सम्मान प्राप्त गरेको हो ।

ट्रान्सफरद्धारा राष्ट्रिय अपाङ्गकोषलार्ई रु ५लाख रकम सहयोग गरेको थियो । सिटी एक्सप्रेस मनी ट्रान्सफरले राष्ट्रिय अपाङ्गकोषसँग सहकार्य गरि बैदेशिक रोजगारीका क्रममा अपाङ्गता भएकाहरुलाई सेवा पु¥याउने उदेश्यले राष्ट्रिय अपाङ्गकोषलार्ई उक्त रकम सहयोग गरेको थियो । राष्ट्रिय अपाङ्ग कोषले बार्षिक १५०० अपाङ्गता भएका व्यक्तिहरूका लागि आवश्यक सहयोग गर्दै आइरहेको छ ।

यसका साथै कोषले फिजियोथेरापी, अकुपेशनल र परामर्श सेवा उपलब्ध गराउदै आएको छ । ट्रान्सफरले समाजमा सकरात्मक परिवर्तन ल्याउने हेतुले सामाजिक उत्तरदायित्व अन्तर्गत थुप्रै संघ संस्थाहरुलाई सहयोग प्रदान गर्दै आइरहेको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमाआफ्नो छुट्टै पहिचानबनाउदै बिगत १७ वर्ष देखि संसारभरबाट विप्रेषण सेवाप्रदानगर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइनभुक्तानीको सेवा सुचारु गरेको छ ।