इंग्लिश प्रिमियर लिग लिभरपुलको रोमाञ्चक जित

मंसिर १८, काठमाडौं – इंग्लिश प्रिमियर लिग अन्तर्गत आईतबार साँझ भएको खेलमा लिभरपुलले फुलहम विरुद्ध ४(३ को रोमाञ्चक जित निकालेको छ। घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले अन्तिम समयमा ३(२ ले पछि परेको अवस्था उल्ट्याउँदै ४(३ को जित निकालेको हो।

खेलमा लिभरपुलले २०औँ मिनेटमा अग्रता लिएको थियो। ट्रेन्ट अलेकज्याण्डर(आर्नोल्डको फ्रिकिक क्रसबारमा लागेर फर्किदा फुलहम गोलरक्षक लेनोलाई लागेर पोस्टमा छिरेको थियो।

फुलहमले २४औँ मिनेटमा लिभरपुलकै पूर्व खेलाडी ह्यारी विल्सनको गोलमा बराबरी गोल गर्यो। उनले एन्टोनी रोबिन्सनको पासम गोल गर्दै बराबरी गरेका थिए।

३८औँ मिनेटमा लिभरपुलले पुनः अग्रता लियो। एलेक्सिस मक(यालिस्टरले ३० यार्ड टाढाबाट गरेको प्रहराले जालि चुमेको थियो। तर यो अग्रता पनि धेरै बेर टिक्न सकेन। टेटेले पहिलो हाफको अन्त्यतिर गोल गर्दै खेललाई पुनः बराबरीमा ल्याए।

८०औँ मिनेटमा बबी रिडले गोल गर्दै खेलमा फुलहमलाई अग्रता दिलाए। तर लिभरपुलले अन्तिम समयमा दुई गोल गर्दै जित निकाल्यो।८७औँ मिनेटमा वटारु एन्डोले बक्स बाहिरबाट गोल गर्दै खेल बराबरीमा ल्याए।

त्यसको एक मिनेट पछि नै अलेकज्याण्डर(आर्नोलले बक्सको छेउबाट सुन्दर गोल गर्दै जित सुनिश्चित गरे। जितपछि लिभरपुल १४ खेलमा ३१ अंक सहित दोस्रो स्थानमा छ। पराजित फुलहम भने १४ खेलमा १५ अंक सहित १४औँ स्थानमा छ।