नेपाल सुपर लिगको दोस्रो संस्करण आजबाट

मंसिर ८, काठमाडौं – नेपाल सुपर लिग ९एनएसएल० को दोस्रो संस्करण आजदेखि काठमाडौँमा सुरु हुँदैछ।

आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट ९एनएसइएम० ले कोभिड संक्रमणको समय९२०७८० मा बिना दर्शक आयोजना गरेको पहिलो संस्करणको सफलतापछि आजबाट दोस्रो संस्करण सुरु गराउँदैछ।

काठमाडौँको दशरथ रंगशालामा लिगको उद्घाटन समारोहमा लोकप्रिय गायक सुशान्त केसीले सांगीतिक प्रस्तुति दिने आयोजकले जनाएको छ।
लिगमा पहिलो संस्करणको तुलनामा खेल संख्या बढेकोले ९ टोलीले ४० वटा खेल खेल्नेछन्।

आज पहिलो संस्करणको च्याम्पिएन टिम काठमाडौँ रेजर्स र नयाँ टिम स्पोर्टिङ इलाम एफसीबीच पहिलो खेल हुँदैछ। खेल साँझ ६ बजे सुरु हुनेछ।