आजदेखि चलचित्र ‘दिमाग खराब’ प्रर्दशनीमा

कात्तिक २४, काठमाडौं – तिहारको अवसर पारेर आज कात्तिक २४ गतेदेखि बहुप्रतिक्षित नेपाली फिल्म ‘दिमाग खराब’ देशव्यापी प्रदर्शनमा आएको छ ।

निश्चल बस्नेतको निर्देशनमा बनेको यो फिल्मको बिहिवार साँझ ललितपुरमा प्रीमियर शो आयोजना गरिएको थियो ।

जहाँ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) देखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसम्मले यो फिल्म हेरेर मनोरञ्जन लिए ।