बेलायतका राजाबाट भूकम्पप्रति दुःख व्यक्त

कात्तिक २४, काठमाडौं-  बेलायतका राजा चार्ल्सले जाजरकोट भूकम्पबाट भएको जनधनको  क्षतिपुर्ति दुुःख व्यक्त गरेका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार सन्देश पठाउदै भूकम्पबाट भएको जनधनको क्षतिको खबर सुनेर आफू तथा आफ्नो परिवार स्तब्ध र दुःखित् भएको उल्लेख गरेका छन्।

यस दुःखद् घडीमा आफ्नो प्रार्थना नेपाली जनतासँग रहेको उल्लेख गर्दै राजा चार्ल्सले सबै शोकसन्तप्त परिवार र प्रभावित समुदायमा समवेदना व्यक्त गरेका छन्। उनले यस कठिन अवस्थामा बेलायत सरकार नेपालको आवश्यकतानुसार सहयोग गर्न तप्पर रहेको उल्लेख गरेका नेपालस्थित बेलायती दूतावासले जनाएको छ ।